Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कोशी प्रदेश सरकारका विषयमा सर्वाेच्चले आज बहस गर्ने


कोशी प्रदेश सरकारका विषयमा सर्वाेच्चले आज बहस गर्ने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग राख्दै सर्वोच्चमा परेको रिटमा आजबाट निरन्तर बहस हुँदैछ । अल्पमतमा परेको हिक्कत कार्की नेतृत्वको कोशी प्रदेश सरकारले विश्वासको मत लिन नसकेपछि प्रदेश प्रमुखले नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । मुख्यमन्त्रीका रूपमा थापालाई नियुक्त गरेसँगै असार २२ गते एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च गएका थिए ।

कार्कीको रिट उपर गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले सुनुवाइ गर्दै विपक्षी रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गर्दै साउन ७ देखि निरन्तर बहस गर्ने आदेश गरेको थियो । सर्वोच्च अदालतले लिखित जवाफ मागपछि कोशी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिसकेका  छन् । लिखित जवाफको प्रतिलिपिअनुसार विपक्षी तीनै जनाले सरकार गठन संवैधानिक प्रक्रियाले नै भएको दाबी गर्दै जवाफ दिएका छन् ।

सरकार गठनको विषय संवैधानिक भएको दाबीसँगै एमाले संसदीय दलका नेता कार्कीले दायर गरेको रिट खारेज गर्नसमेत उनीहरूको माग छ । रिटमा लगाइएको आरोपको जवाफमा मुख्यमन्त्री उद्धव थापाले सभामुख बाबुराम गौतमको हस्ताक्षर नभएर सांसदको हैसियतको हस्ताक्षर भएको जिकिर गरेका छन् ।