Monday, June 16, 2025

२०८२ असार २, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ईयूबाट आयात हुने रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने टम्मको चेतावनी


ईयूबाट आयात हुने रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने टम्मको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली सङ्घ (ईयू) बाट आयात हुने रक्सीजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने चेतावनी दिएका छन् । अमेरिकी उत्पादनमा ईयूले लगाएको करको बदलामा ट्रम्पको चेतावनी आएको हो ।

इयूले ट्रम्पले स्टिल र आल्मुनियमको आयातमा लगाएको करको बदलामा अप्रिलदेखि अमेरिकी सामानमा २८ अर्ब अमेरिकी डलर बराबरको कर लगाउने घोषणा गरेपछि ट्रम्पले युरोपको रक्सीजन्य उत्पादन आयातमा नयाँ करवृद्धिको घोषणा गरेको बीबीसीले जनाएको छ ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत ईयूले कर वृद्धि तत्काल नहटाए अमेरिकाले चाँडै नै फ्रान्स र अन्य प्रतिनिधित्व गर्ने देशहरूबाट आउने सबै रक्सिजन्य उत्पादनमा दुई सय प्रतिशत कर लगाउने घोषणा गरे ।

ट्रम्पले पदभार ग्रहण गरेदेखि नै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी र व्यापार साझेदार देशहरुमा समेत व्यापार युद्ध शुरू गर्नुभएको विश्लेषकहरुले बताउँदै आएका छन् । व्यापार र अन्य नीतिगत मुद्दाहरूमा विभिन्न देशहरूलाई दबाब दिने उपायका रूपमा अमेरिकी राष्ट्रपति ट्रम्पले कर वृद्धिको प्रयोग गर्दै आएका छन् ।