Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल राष्ट्र बैंक १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने


नेपाल राष्ट्र बैंक  १० अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं । असार ५ गते बोलकबोल हुने विकास ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैरबैं वित्तीय संस्था, बिमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले बोलकबोलमार्फत खरिद गर्न सक्ने सोमबार जारी गरिएको सर्कुलरमा उल्लेख छ । नेपाल राष्ट्र बैंक १० अर्बको ६ वर्ष अवधिको विकास ऋणपत्र जारी गर्ने भएको छ ।

विकास ऋणपत्र २०८६ बोलकबोल प्रक्रियाद्वारा निष्कासन गरिने राष्ट्र बैङ्कले बताएको छ । २०८० असार ५ गते अपराह्न ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र खरिद गर्न चाहनेले नेपाल राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल पेस गर्नुपर्ने सूचनामा उल्लेख छ । असार ६ गते निष्कासन हुने विकास ऋणपत्र २०८६ असार ६ गते परिपक्व हुने छ ।

बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको कटअफ ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंक बताएको छ ।