Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

९२ औं दिनमा विश्वका ८ हजार अग्ला १४ हिमाल आरोहण गर्दै बनाए नयाँ कीर्तिमान


९२ औं दिनमा विश्वका ८ हजार अग्ला १४ हिमाल आरोहण गर्दै बनाए नयाँ कीर्तिमान

काठमाडौं, श्रावण ११ । विश्वका ८ हजार मिटरभन्दा अग्ला सगरमाथासहित १४ वटा हिमाल ९२ औं दिनमा आरोहण गर्दै नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा)र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले नयाँ कीर्मातिन कायम गरेका गरेका छन् ।काठमाडौंस्थित सेभन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाका अनुसार, उनकै कम्पनीमा गाइडका रुपमा कार्यरत तेन्जिङ र क्रिस्टिनले बिहीबार बिहान पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो हिमाल केटू आरोहण गरेका थिए ।

योसँगै उनीहरुले ९२ औं दिनमा संसारकै १४ वटा ८ हजार मिटर भन्दा अग्ला हिमाल सबैभन्दा छिटो आरोहण गरेको रेकर्ड बनाएका छन् ।यसअघि निर्मल पुर्जाले विश्वकै १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गर्दै सबैभन्दा छिटो आरोहणको कीर्तिमान’ बनाएका थिए । पुर्जाको कीर्तिमानलाई नेपालीआरोही तेन्जिङ शेर्पा र नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिलाले ९२ औं दिनमा सकेर नयाँ कीर्तिमान बनाएका हुन् ।

विश्वकै १४ औं अग्लो हिमाल सिसापाङमा वैशाख १३ गते आरोहण गर्दै यी दुईले आरोहण यात्रा थालनी गरेका थिए । विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने करिब ४ दर्जन आरोहीमध्ये थोरै महिला छन् । जसमा ३७ वर्षीया क्रिस्टिन पनि परेकी छन् । आरोहणअघि उनी क्रस–कन्ट्री स्कीकी खेलाडी थिइन् । एजेन्सीहरुका अनुसार, हिमाल आरोहणमा उनी ८ वर्षयता मात्रै संलग्न भएकी हुन् ।