काठमाडौं । आजको समयमा डिजिटल माध्यममा बाट पुस्तक पढ्न सहज भएको छ । जसलाई ईबुक अर्थात् ईलेक्ट्रोनिक बुक भन्ने गरिन्छ । जस्तै किताबहरू हामीले अनलाइनमा खरिद गरेर पढ्न वा सुन्न पनि सकिन्छ । भौतिक किताब भन्दा सस्तो र पढ्न सजिलो भएकाले पाठकको रोजाई पुस्तकको डिजिटल भर्सन हुनेगर्छ ।
पछिल्लो समय नेपाली पाठकको जमात पनि बढ्दै गइरहेको छ । तर नेपाली किताबहरू खरिद गरेर पढ्न पाइने प्लेटफर्म नै निकै कम हुँदा निःशुल्कमा पढ्न पाइने प्लेटफर्मको संख्या त झनै कम हुने गरेको छ । कतिपय साइटहरू त खुलेर पनि बन्द भइसकेका छन् । यसले गर्दा पाठकले आफूले खोजेको नेपाली ई किताब पढ्न ठ्याक्कै पाउँदैनन् । तर केही प्लेटफर्म छन्, जहाँबाट नेपाली भाषाका ई किताब निःशुल्क पढ्न सकिन्छ ।