Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

श्री एयरलाइन्सका ३ जहाजलाई नियमत उडानका लागि अनुमति


श्री एयरलाइन्सका ३ जहाजलाई नियमत उडानका लागि अनुमति

काठमाडौं, १८ असार । फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले श्री एयरलाइन्सका ३ वटा जहाजलाई नियमत उडानका लागि अनुमति दिएको छ । नागरिक उड्डययन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार, विभागले गरेको प्राविधिक निरीक्षणपछि सोमबार बिहान श्रीका दुइटा बमबार्डियर ड्यास क्यू–४०० र एउटा बमबार्डियर सीआरजे गरी तीन वटा जहाज उडानयोग्य रहेको जनाउँदै विभागले उडान गर्न अनुमति दिएको हो । श्रीसँग आन्तरिक उडानका लागि ८ वटा विमान छन् । तीमध्ये पछिल्लो समय चार वटा जहाज उडानमा थिए । ‘शनिबार धनगढीमा हाइड्रोलिकको समस्या देखापरेको र शनिबारै पोखरामा इन्जिन आयल लिक भएको गरी दुइटा जहाजको मर्मत गर्नुपर्ने भएकाले तिनलाई ग्राउडेड नै गरिएको छ, सहप्रवक्ता भुलले भने, ‘अहिलेलाई श्रीले आन्तरिक उडानमा दुईटा बमबार्डियर ड्यास क्यू–४०० उडाउने छ । बमबार्डियर सीआरजे चार्टर तथा एयर एम्बुलेन्समा मात्रै उडाइरहेको छ ।’ विभागका अनुसार, अहिले उडानयोग्य भएका जहाजमा सीआरजे अल्फा माइक चार्ली तथा बमबार्डियर ड्यास क्यू–४०० तर्फ अल्फा नोभेम्बर इको र अल्फा नोभेम्बर सेरामात्रै हुन् । श्रीले सोमबार काठमाडौंबाट, पोखरा, नेपालगन्ज,भद्रपुर, भैरहवा, विराटनगर, ३१ वटा उडान तालिकामा राखेको छ । शनिबार धनगढी र पोखराका लागि काठमाडौंबाट उडेका जहाजमा प्राविधिक समस्या देखिएपछि श्रीले आइतबार सबै जहाज ग्राउडेड गर्ने निर्णय गर्दै टिकट खरिद गरीसकेका यात्रुसँग माफी मागेको थियो ।