काठमाडौं , श्रावण २८ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेको र एमालेका नेताहरूले लगातार भेटिरहेको तथा अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस फेरि भएको बताए । पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले पार्टी नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैमा अन्यथा व्याख्या गर्न नहुने बताए ।
हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ, उनले भने, पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि छन् र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको उपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नुको अर्थ सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न एमालेका अध्यक्ष ओलीको भनाइ थियो ।
उनले थपे, यस्तो कुरा गरेको विषयलाई कार्ड छपाएर लिएर गइन रे १ पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्न भन्ने खालको । यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ । एमालेलाई एकताबद्ध गरेर लगेको बेलामा हल्लाका पछाडि नलाग्न अध्यक्ष ओलीको भनाइ थियो । एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको अवस्थामा अहिले भएका हल्लाले केही प्रभाव नपर्ने उनले बताए ।
कसले पो भन्यो अरे ओली रहने हो भने पार्टी टुक्रा टुक्रा हुन्छ भनेर । यस्ता हल्लाका पछाडि, दुनियाँ लाग्दाखेरि एमालेलाई सकेन, अब कल्ले भन्या कुरा उनले भने ।२०७९ फागुन २८ मा राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी निजी निवासमा बस्दै आएकी छन् । उनले सामाजिक र राजनीतिक भेटघाटमा सक्रिय रहेकी छन् ।