काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी)र विगत २ वर्षदेखि सेवारत हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस् सेन्टरबीच एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
एससीटी-युपीआई कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपीआई कार्डमार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले त्यसरी पीओएसमार्फत भुक्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २० प्रतिशत छुट, इन हाउस स्पेसियलाइजेसन् टेस्टहरूमा १५ प्रतिशत छुट, आउट सोर्स टेस्टहरूमा ५ प्रतिशत छुट र एक्सरे, युएसजी, ईसीजी, र ईको गर्दा १० प्रतिशत छुट पाउनु हुनेछ ।
यसका साथै एससीटी–युपीआई कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौं उपत्यकाभित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५ प्रतिशत छुट, नर्सिङ्ग केयर सेवामा ५ प्रतिशत छुट र नेपाल अधिराज्य भरि नै टेलिमेडिसिन् सेवामा ५ प्रतिशत छुट रहेको छ भने काठमाडौँ उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ ।