Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनार सुरु


लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनार सुरु

काठमाडौं । लुम्बिनीमा आजदेखि अन्तर्राष्ट्रिय सांस्कृतिक फेस्टिवल र सेमिनार सुरु हुँदैछ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि चौथो फेस्टिवल लुम्बिनीमा आयोजना गरिएको हो । वैशाख १३ र १४ गते हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

फेस्टिवल अन्तर्गतको अन्तर्राष्ट्रिय सेमिनारको आयोजक लुम्बिनी बौद्ध विश्वविद्यालय रहेको छ भने फेस्टिवलको समन्वय सारीपुत्र फाउण्डेसनले गरेको छ । नेपाल र चीनबीचको कला संस्कृति प्रवर्द्धनको उद्देश्यसहित फेस्टिबल हुन लागेको हो । चीनको वर्ल्ड एलायन्स फर बुद्धिष्ट कल्चरल एक्सचेन्ज लिमिटेड र वीचो पिस क्यालिग्राफी एण्ड पेइनिङ एकेडेमीले सहकार्य गरेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालय, लुम्बिनी विकास कोषले सहकार्य गरेका छन् ।

फेस्टिवलमा ४० देशका प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । बिहान ८ बजेदेखि लुम्बिनीस्थित अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा फेस्टिवल सुरु हुने जनाइएको छ । फेस्टिवलमा ५ हजार बढीको सहभागिता रहने बताइएको छ । अन्तर्राष्ट्रिय सेमिनार भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा हुनेछ । विश्वविद्यालयको मेत्ता हलमा हुने सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले गर्ने कार्यक्रम रहेको छ ।

सेमिनारमा ४० वटा कार्यपत्र प्रस्तुत हुने सेमिनार संयोजक डा. सागर न्यौपानेले जानकारी दिए । बौद्ध संस्कृति, चिनियाँ संस्कृति, कला, परम्परागत बौद्ध चिकित्सा तथा बौद्ध शिक्षामा केन्द्रित रहेर सेमिनारमा कार्यपत्र प्रस्तुत हुने न्यौपानेको भनाइ छ । सेमिनार शनिबार दिउँसो १ बजेबाट सुरु भई आइतबार ५ बजे सकिने बताइएको छ । कार्यपत्रमध्ये ३२ वटा विदेशी विज्ञहरुको रहेको जनाइएको छ ।