काठमाडौं । गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२—०८३ का लागि नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रदेश सरकारले देशव्यापी आलोचना र समर्थन बटुलेको राइड शेयरिङलाई थप प्रवर्द्धन गर्ने भएको छ । यस्तै १० वटा सम्पदालाई विश्व सम्पदा सूचीमा राख्न सिफारिश गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । गण्डकी प्रदेश सरकारले कृषि, पर्यटन, पूर्वाधार र सुशासनलाई जोड दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गण्डकी प्रदेश सरकारले 'राइड शेयरिङ' लाई थप प्रवर्द्धन गर्ने