Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विद्यालयमा तोडफोड हुँदा करिब ३० हजारको क्षति


विद्यालयमा तोडफोड हुँदा करिब ३० हजारको क्षति

कैलाली । कैलालीको टीकापुर–३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड हुँदा करिब ३० हजारको क्षति भएको छ ।

शनिबार राति अज्ञात समूहले तीन वटा कक्षा कोठाको ढोका फोडेर डेस्क–बेन्च तोडफोड गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क–बेच्न र झ्याल–ढोकामा तोडफोड गरिएको छ । तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए ।

आफू प्रअ भएर आइसकेपछि यो चौथो पटक विद्यालयमा तोडफोड भएको उनको भनाइ छ । यसअघि अफिस रुममै तोडफोड भएको उनले बताए । ’यसअघि अफिसकै सामान चोरी भएको थियो । ३५ सय रुपैयाँ, भान्सामा भएका खाजाका सामान, बाल कल्याण संघले दिएको एक सय चक्की साबुन चोरी भएको थियो’, उनले भने । दोषीलाई पक्राउ गरेर कडाभन्दा कडा कारबाही गर्न उनले माग गरेका छन् ।