Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विमानस्थल सुन काण्डःजाँचपास गर्ने कर्मचारी निलम्वनमा


विमानस्थल सुन काण्डःजाँचपास गर्ने कर्मचारी निलम्वनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको छ ।

भन्सार जाँचपास अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले गरेका थिए । भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु गरिएको छ ।

भन्सार जाँचपासमा जाँचकी र तोकिएको अधिकृत पूर्ण रूपमा जिम्मेवार हुन्छन् । जाँचपासको सामान बाहिर लैजाने गेटपास पनि जाँचकीले बनाउनुपर्छ । यसैबीच विभागले घटनाका विषयमा छानबिन गर्न समिति बनाउने भएको छ ।

विभागका महानिर्देशक शोभाकान्त पौडेलको नेतृत्वमा केहीबेर अघि भएको छलफलमा उक्त निर्णय भएको हो । जाँचपासमा संलग्नबाहेक आवश्यकताअनुसार अन्य कर्मचारीको संलग्नताका विषयमा पनि छनबिन गरिने विभाग स्रोतले जानकारी दियो । यसैगरी विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार घटनाका विषयमा थप विवरण संकलन गर्न अहिले सीसीटीभीको फुटेज डाउनलोड गरेर थप विवरण संकलन गर्न सुरु गरिएको छ ।

साथै सामानको एक्सरे कसरी गरियो त्यसको विवरण पनि संकलन गर्न सुरु गरेको प्रवक्ता काफ्लेले जानकारी दिए । राजस्व अनुसन्धान विभागको विशेष सुराकीका आधारमा मंगलबार साँझ ट्याक्सीमा राखेर भन्सारबाहिर पु¥याएको सुन बरामद गरिएको थियो । सुन बरामदपछि अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् । सुन भित्र्याउने मुख्य योजनाकारको भने खोजी भइरहेको छ ।