काठमाडौं । कीर्तिपुर नगरपालिकाले कभर्डहल नजिक रहेको १२ वटा सटरहरु भाडामा दिने गरेको निर्णयको विरुद्धमा महिला उद्यमिहरुले विरोध गरेका छन् । आज नगरपालिकाको कार्यालयमा उपस्थितभएका उनिहरुले ध्यानाकर्षण पत्र बुझाउँदै नगरपालिका महिला उद्यमिकालागि निशुल्क प्रदान गर्ने भनिएका १२ वटा सटर भाडामा लगाउन लागेको भन्दै विरोध गरेका हुन । नगरपालिकाले यहि १४ गते सार्वजनिक सूचना प्रकाशन गर्दै न्युनतम ५ हजारका दरले भाडामा लगाउने जनाएको थियो । पुर्व कार्यपालिका सदस्यहरु सुनिता नकर्मी, सुमन पोख्रेल पौडेल र संगीता उप्रेती श्रेष्ठ सहितको टोलीले महिला उद्यमिलाई निशुल्क प्रदान गर्ने भनिएको सटर भाडामा दिन लागेको भन्दै विरोध गरेका थिए । उनिहरुले नगरपालिकाको निर्णय फिर्ताको माग गरेका छन् भने, तत्काल भाडामा लगाइएको भएपनि सम्झौता रद्द गर्न माग गरेका छन् ।