काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक वर्ष २०८१—८२ को आर्थिक सर्वेक्षण प्रतिनिधिसभामा पेश गरेका छन् । दुई दिनदेखि लगातार प्रतिनिधिकोसभाको बैठक अवरुद्ध गर्दै आएका विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र बजेट पेश गर्न दिएसँगै अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण आज प्रतिनिधिसभामा पेश गरेका हुन । अर्थमन्त्री पौडेलले चालू वर्षको आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत हुने जानकारी गराए । मधेश, कोशी, सुदूरपश्चिमबाहेकका प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उनको भनाइ छ ।
देशको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने आर्थिक सर्वेक्षणमा उल्लेख छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको योगदान २५ दशमलव ६ प्रतिशत, उद्योगको १२ दशमलव ८३ र सेवा क्षेत्रको योगदान ६२ दशमलव ०१ प्रतिशत रहने अनुमान गरिएको अर्थमन्त्री पौडेलले सदनमा जानकारी गराए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्मको अवस्था अनुसार प्रतिव्यक्ति कुल राष्ट्रिय आय बढेर १ हजार ५१७ अमेरिकी डलर पुग्ने र औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७२ प्रतिशत रहेको आर्थिक सवेक्षणमा उल्लेख छ ।
आर्थिक सर्वेक्षण संसद्मा पेश, अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान(पूर्णपाठ सहित)