Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डेंगुको सङ्क्रमणबाट तनहुँमा एकको मृत्यु, अस्पतालमा तालाबन्दी


डेंगुको सङ्क्रमणबाट तनहुँमा एकको मृत्यु, अस्पतालमा तालाबन्दी

काठमाडौं, १८ असार । उपचारमा लापरबाहीको भएकोले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले दमौली स्थित रत्नहरी अस्पताल को तालाबन्दी गरिदिएका छन् । डेंगुको सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिकाको घर नक्सा शाखामा कार्यरत इन्जिनियर कमलप्रसाद शर्माको निधन भएपछि आइतबार साँझ तालाबन्दी गरिदिएका हुन् । व्यास नगरपालिका–१० दुम्सी निवासी शर्माको शनिवार राति ९ बजे पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

शर्मा बिरामी भएपछि असार १३ गते सो अस्पतालमा भर्ना हुनु भएको थियो । शर्मालाई निको नभएपछि थप उपचारको लागि पोखरा लैजादैं गर्दा निधन भएको थियो । अस्पतालले समयमा नै रिफर गरिदिएको भए बिरामीको निधन नहुने र अस्पताल मापदण्ड अनुसार सञ्चालन भएको या नभएको बारे छानबिनको माग राखेर तालाबन्दी गरिदिएको स्थानीय बासिन्दा श्रीकृष्ण आचार्यले बताए ।