Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ठूला जलविद्युत आयोजनाले उठाउन सके भारतीय बजारबाट लाभ


ठूला जलविद्युत  आयोजनाले उठाउन सके भारतीय बजारबाट लाभ

काठमाडौं । आगामी आर्थिक वर्ष २०८० मा सरकारी तवरमा निर्माण गर्न तयारी अघि बढेका धेरै वटा ठूला–साना जलविद्युत  परियोजनाहरु वर्षौंदेखि अलमलमा भएका छन् । विशेषगरी विद्यरतीय   बजार सुनिश्चित नहुनु र त्यसैका कारण वित्तीय स्रोत जुटाउन समस्या पर्नुले पिकिङ रन अफ दि रिभर अर्धजलाशययुक्त र जलाशययुक्त जलविद्युतमा  आयोजनाहरुको निर्माणमा अलमल हुँदै आएको हुन ।

गत साता प्रधानमन्त्री  दाहाल  भारत भ्रमणका क्रममा भारतसँग भएको प्रारम्भिक दीर्घकालीन विद्युत  व्यापार सम्झौताले त्यस्ता परियोजनाको निर्माण अघि बढाउन र लगानी जुटाउन वातावरण तयार गरेको दाबी नेपाल विद्युत  प्राधिकरणको छ ।सो सम्झौताको आधारमा अब अलमलमा परेका सरकारी तवरका परियोजनाहरु अघि बढ्ने अपेक्षा गरिएको छ ।