Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

२९ उजुरी परेका प्रस्तावित प्रधानन्यायाधीश कार्कीले भनेः मेरा योजना सुन्नुहोस्


२९ उजुरी परेका प्रस्तावित प्रधानन्यायाधीश कार्कीले भनेः मेरा योजना सुन्नुहोस्

काठमाडौं, ३२ जेठ । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीले अदालतहरूमा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यहरूप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताएका छन् । बिहीबार संसदीय सुनुवाइ समितिमा भावी प्रधानन्यायाधीशका रूपमा कार्ययोजना प्रस्तुत गर्दै कार्कीले न्यायपालिकाप्रतिको आस्ता र विश्वास अभिवृद्धि गर्ने बताएका हुन् ।

उनले न्यायिक सुशासनका लागि उच्च प्राथिमकता दिने प्रतिबद्धतासमेत जनाएका छन् । पछिल्लो समय न्यायपालिकामा सुशासनको विषयलाई लिएर टीकाटीप्पणी भइरहेको भन्दै विकृतिविहीन न्यायपालिका आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

कार्कीले सुनुवाइ समितिसमक्ष ुसदाचारयुक्त व्यवहारलाई प्रोत्साहन गर्नुका साथै अदालतमा हुनसक्ने विकृति विसंगतिका बारेमा जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेु प्रतिबद्धतासमेत जनाए । त्यस्तै अदालतमा विचौलियाको गतिविधि निगरानी र नियन्त्रणका लागि मुद्दासँग असम्बन्धित व्यक्तिहरूलाई प्रवेश निषेध गर्ने पनि कार्कीले बताए ।

वैशाख २५ गते संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस कार्कीमाथि यतिबेला सुनुवाइ चलिरहेको   छ । शुक्रबार उनीसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।