Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

एआईको प्रयोगबारे विमर्श गर्नका लागि काठमाडौंमा सम्मेलन हुने


एआईको प्रयोगबारे विमर्श गर्नका लागि काठमाडौंमा सम्मेलन हुने

काठमाडौँ । बजार व्यवस्थापनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे विमर्श गर्नका लागि काठमाडौंमा सम्मेलन हुन लागेको छ । विभिन्न देशका विज्ञसमेतको सहभागितामा नेपाली बजार व्यवस्थापनमा एआईको प्रवर्द्धन गर्नका लागि समिट गर्न लागिएको हो । आयोजक नेप्लिज मार्केटिङ एसोसिएसनका अनुसार फागुन २१ र २२ (मार्च ५ र ६)मा सम्मेलन आयोजना हुँदैछ ।


सम्मेलनमा विभिन्न कर्पोरेट हाउसमा मार्केटिङमा आबद्ध एक सय ५० जनालाई ुडिजिटल मार्केटिङुबारे प्रशिक्षण दिइनेछ । बजार व्यवस्थापन र सञ्चारमा एआईको प्रयोगबारे जानकारी दिइनेछ । बजार व्यवस्थापनमा एआईको प्रयोग गरी कार्यसम्पादनमा सघाउ पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

सम्मेलनमा भारत र मोरक्कोबाट आउने विज्ञहरूले प्रशिक्षण दिने र आफ्ना धारणा राख्ने आयोजकले जानकारी दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अधिकारीले पनि सम्मेलनमा प्रशिक्षण दिने र सम्बोधन गर्ने कार्यक्रम छ ।

उनीहरूले नेपाली मार्केटिङले एआईको प्रयोग कसरी गर्ने रु मार्केटिङ रचनात्मक बनाउनका लागि प्रविधिको प्रयोग गर्ने विषयमा पनि विमर्श गरिने आयोजकले बताएको छ ।