Tuesday, November 26, 2024

२०८१ मंसिर ११, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आपको विक्रि बढ्यो, अहिलेसम्मकै सस्तो

७० देखि १०० रुपैयाँ सम्म


आपको विक्रि बढ्यो, अहिलेसम्मकै सस्तो

काठमाडौं, १० असार । बजारमा पछिल्लो समय आपको विक्रिवितरण बढेको छ । शनिवारमात्रै काठमाडमौंको कालिमाटि स्थीत तरकारी तथा फलफुल बजारमा २० हजार २ सय २३ किलो आप भित्रिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार होलसेलमा प्रतिकिलो ७५ रुपैयाँमा मालदह र ८० रुपैयाँ अधिकत्म र औतममा ७५ रुपैयाँ किलोसम्म विक्रि भइरहेको छ । खुद्रा बजारमा यिनै आँप उपभोक्ताले प्रतिकिलो ७० देखि १०० रुपैयाँसम्ममा पाइरहेका छन् ।

यो मूल्य हालसम्मकै सस्तो रहेको फलफूल व्यवसायी दाबी छ । गत वर्ष होलसेल मूल्य नै प्रतिकिलो एक सय रुपैयाँ रहँदा यस वर्ष होलसेलमा प्रतिकिलो ५० देखि ७५ रुपैयाँमा किनबेच भइरहेको नेपाल फलफूल थोक व्यवसायी संघले बताएको छ । स्वदेशी आँप डेढदेखि दुई महिनासम्म मात्र बजारमा रहने गरेको उनले जनाए । त्यसअघि र पछि भारतीय आँपले बजार लिने गरेको व्यवसायी बताउँछन् । आर्थिक वर्ष ०७७—७८ को कृृषि मन्त्रालयको तथ्यांकअनुसार मुलुकमा सबैभन्दा बढी आँप सप्तरीमा उत्पादन हुन्छ ।

यहाँ ०७७—७८ मा ९ हजार ३ सय २३ हेक्टर क्षेत्रमा आँप लगाइएकामा १ लाख १४ हजार ८ सय ९८ टन उत्पादन भएको थियो । नेपालरभर ५१ हजार ६ सय ८१ हेक्टर जग्गामा आँप लगाउने गरिएको छ । आर्थिक वर्ष ०७७—७८ मा ४ लाख ६६ हजार २ सय ६६ टन आँप उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । ०७८—७९ र ०७९—८० को तथ्यांक भने सरकारी निकायले तयार गरिसकेको छैन । आर्थिक वर्ष ०७६—७७ मा भने देशभर ४ लाख ५३ हजार ४१६ टन आँप फलेको थियो । भन्सार विभागमा आँप र अम्बालाई एउटै कोडमा राखेर आयात गर्ने व्यवस्था छ । तर मुलुकमा यी दुई उत्पादनमा आँप नै बढी भित्रिने गरेको सरोकारवाला बताउँछन् ।