काठमाण्डौ । सिङ्गापुरसँगको मैत्रीपूर्ण खेल र मलेसियासँगको एएफसी एसियन कप छनोटका लागि अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले राष्ट्रिय टोलीका सहायक प्रशिक्षक तथा सपोर्टिङ स्टाफ नियुक्त गरेको छ ।
एन्फाले सहायक प्रशिक्षकमा सल्यान खड्गी र गोलकिपिङ प्रशिक्षकमा विनोद महर्जनलाई नियुक्त गरेको हो । यस्तै टिम म्यानेजरमा रमेशकुमार कार्की, सहायक टिम म्यानेजरमा नकुल हमाल ठकुरी र टोलीको फिजियोथेरापिस्टमा निशान्त जोशी नियुक्त भएका छन् । नियुक्त सहायक प्रशिक्षक र सपोर्टिङ स्टाफलाई एन्फाका महासचिव किरण राईले नियुक्तिपत्र प्रदान गरे ।