Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कटन र ऊनीको धागोमा लगाएको कर घटाउँन व्यावसायीको माग


कटन र ऊनीको धागोमा लगाएको कर घटाउँन व्यावसायीको  माग

काठमाडौं । निर्यात व्यावसायी महासंघ नेपालले कटन र ऊनीको धागोमा लगाएको कर घटाउँन सरकारसँग माग गरेको छ । सोमबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा.प्रकाशशरण महतको ध्यानाआकर्षण गराउदै निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाइएको कर खारेज गर्न माग गरिएको महासंघले बताएको छ ।

यसैगरी कटन र ऊनीको धागो सम्बन्धी उद्योग घरेलु तथा साना उद्योगमा दर्ता हुने भएको हुदा भ्याटमा दर्ता गर्न नपर्ने व्यवस्था गर्नुपर्ने व्यावसायीलहरु माग गरेका छन् । महासंघका अध्यक्ष शेखर प्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशत सम्म कर थप गरिएको भन्दै त्यसलाई घटाउँन माग गरेका छन् ।सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको पाण्डेको भनाइ छ । यसैगरी उनले सरकारले निर्यातजन्य व्यावसायलाई दिदै आएको नगद प्रयाप्त नभएको पनि बताएको छ।