Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राजावादी समूहको प्रर्दशन शान्तिबाटिकामा, २ बजे समय उपलव्ध


राजावादी समूहको प्रर्दशन शान्तिबाटिकामा, २ बजे समय उपलव्ध

काठमाडौं । राजावादी समूह ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले काठमाडौंको शान्तिबाटिका क्षेत्रमै प्रदर्शन गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आवश्यक सहजीकरण गरिदिएसँगै बिहीबार दिउँसो २ बजेदेखि शान्तिबाटिका क्षेत्रमा राजावादी समूहले प्रदर्शन गर्ने तय भएको हो ।

राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले साढे १ बजेसम्म राजधानीका विभिन्न स्थानबाट र्याली निकालिने र शान्तिबाटिकामा भेला भएर २ बजेदेखि शान्तिपूर्ण प्रदर्शन सुरु गरिने बताए ।

राजावादी समूहले वर्तमान व्यवस्थालाई चुनौती दिँदै बिहीबारदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । सोही आन्दोलनका लागि यसअघि नै शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्ने राजावादी समूहले बताउँदै आएपनि एमालेको समेत सोही क्षेत्रमा प्रदर्शन हुने भएपनि अन्योलता हुँदै आएको थियो ।

तर, प्रशासनले एमालेले २ बजेसम्म प्रदर्शन गर्ने र त्यसपछि राजावादीलाई प्रदर्शनको समय उपलब्ध गराउने गरी समय उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । एमालेले भृकुटीमण्डप क्षेत्रमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने तयारी गरेको छ ।