काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.२७ अंक बढेर बढेर बन्द भएको छ। पछिल्लो २ कारोबार दिनदेखि उकालो लागेको नेप्से परिसूचकले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो। यस १९३९. ६१ विन्दुमा पुगेको छ। अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक बढेको छ ।
जसमध्ये १३ कम्पनीको मूल्य भने स्थिर रहृयो । बजारको परिसूचक नेप्से ७.२ अंक बढ्यो सेन्सिटिभ सूचक १ अंक घट्यो । कुल २ अर्ब ६ करोडको कारोबार भएको छ । बुधबार २ अर्ब ३६ करोडको कारोबार भएको थियो । यस दिन निर्जीवन बीमा र ब्यापार उपसमूहमा आकर्षण देखियो ।
दुबै उपसमूह ५ प्रतिशत बढे । यसमध्ये बैंकिङ ३, होटल तथा पर्यटन ३९, जलविद्युत् १९, उत्पादन ३८ अंक घटे । ब्यापार १२९, अन्य ५, निर्जीवन बीमा ५०२, माइक्रोफाइनान्स १, जीवन बीमा १४५, फाइनान्स १७ र विकास बैंक उपसमूह ३१ अंक बढे । दोल्ती पावर र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।
मनकामना स्मार्ट लघुवित्तको ८।४, सानिमा जीआईसीको ७।३ र हिमालय एभरेस्ट इन्स्योरेन्सको मूल्य ७ प्रतिशत बढ्यो । रिभरफल्स पावरको मूल्य भने ६.६ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा आईएमई जनरल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन एभरेस्ट इन्स्योरेन्स र नेपाल टेलिकम क्रमशः अगाडि रहेका छन् ।