Tuesday, October 28, 2025

२०८२ कार्तिक १२, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आइएमई लाइफ इन्स्योरेन्स आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति


आइएमई लाइफ इन्स्योरेन्स आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं आइएमई लाइफ इन्स्योरेन्सलाई आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको भएको छ। कम्पनीलाई बोर्डले मंगलबार प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न अनुमति दिएको हो। कम्पनीलाई १ सय रुपैयाँ अंकित मूल्यमा थप १३६ रुपैयाँ ९१ पैसा प्रिमियम मूल्य सहित प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसामा आइपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको हो।

कम्पनीले प्रतिकित्ता २३६ रुपैयाँ ९१ पैसाका दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।  यसमध्ये  ६ लाख कित्ता भने कम्पनीका कर्मचारीहरूलाई प्रतिकित्ता १०० रुपैयाँमै निष्कासन गर्ने भएको छ।  कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटमा  रहेको छ। 

सम्बन्धित सामग्री