काठमाडौं । भन्सार विभागको अनुसार चालू आर्थिक वर्ष २०८९,८० को १० महिनाको १२ लाख रुपैयाँको अक्टोपस आयात भएको छ । भन्सार विभागले दिएको जानकार अनुसार साउनदेखि वैशाखसम्मको उक्त मूल्यको अक्टोपस भित्रिएको हो । यस अवधिमा विदेशबाट ३ किलो ४०ग्राम अक्टोपस भित्रिएको विभागको तथ्यांक छ ।
उक्त परिणामको अक्टोपस आयात हुँदा राज्यले ५ लाख ९५ हजार रुपैयाँ राजश्व उठाएको छ । नेपाल भित्रिएको सम्पूर्ण अक्टोपस थाइल्याण्डबाट आउने गरेको तथ्यांक छ । नेपालमा सी फूडको प्रचलन बढ्दै जाँदा अक्टोपस लगायत विभिन्न प्रकाकार समुन्द्री माछाको आयात वर्षेनी बढेको छ ।