Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन आज प्रतितोला एक लाख ६० हजारमा कारोबार भयो


सुन  आज प्रतितोला एक लाख ६० हजारमा कारोबार भयो

काठमाडौँ । सुनको मूल्य आज प्रतितोला एक लाख ६० हजार पुगेको छ । मङ्गलबार प्रतितोला एक लाख ५८ हजार १०० मा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक हजार नौ सयले बढेर एक लाख ६० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेपछि स्थानीय बजारमा सुनको मूल्य बढेको हो । त्यस्तै चाँदीको मूल्य प्रतितोला २० बढेको छ । आज चाँदी प्रतितोला एक हजार आठ सय ९५ मा कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस ९ अमेरिकी डलर बढेर २ हजार ७ सय ५२ दशमलव ४९ अमेरिकी डलर पुगेको छ ।