Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कुथेली हाइड्रोपावरः आईपीओमा आवेदन दिने आज अन्तिम दिन


कुथेली हाइड्रोपावरः आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ असार । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । असार २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आजसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो । सोको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि, ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ, भने २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ हजार १५१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।