Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन तस्करी प्रकरणः चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ


सुन तस्करी प्रकरणः चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं ४, साउन । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको स्रोतले जानकारी दिएको छ। उनीसँगै चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।
यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ ।