काठमाडौं । ललितपुरको पुल्चोक, महापाल, मंगल बजार, पाटन सुन्धरा हुँदै बुद्ध बिहारसम्म ई—बग्गी (इलेक्ट्रिक रिक्सा) गुड्न थालेको छ । फागुन १९ अर्थात् सोमबारदेखि ललितपुरका यी ठाउँमा ई—बग्गी चल्न थालेको हो ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले बिहान १० देखि साँझ ६ बजेसम्म पुल्चोकदेखि बुद्ध विहारसम्म ई—बग्गी पुग्दै फर्किरहेको जानकारी दिए । उनका अनुसार परीक्षणकाल अवधिभर यो बग्गीमा निःशुल्क यात्रा गर्न सकिनेछ ।
परीक्षण सफल भए एक महिनापछि थप ४ ओटा ई—बग्गी किन्ने र व्यावसायिक रूपमा सञ्चालनमा ल्याउने योजना रहेको हाछेथुले सुनाए । उनका अनुसार भविष्यमा लगनखेल, कुमारी पाटी जवाखेलहुँदै पुल्चोक फर्कने रुटमा चलाउने गरी योजना बनेको छ ।
ई—बग्गी (इलेक्ट्रिक रिक्सा)
https://www.facebook.com/businessdarshan1/videos/664890032601580