काठमाडौं, श्रावण २२ । नेपाली बजारमा सुनको मूल्य सामान्य अंकले घटेको छ। अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला १ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी लगातार तीन दिनदेखि स्थिर रहेको छ। शुक्रबारदेखि प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

 
                            .jpg) 
                                     
	                                         
	                                         
	                                         
	                                        .jpg) 
	                                         
	                                         
                     
                     
                     
                     
                    .jpg) 
                     
                     
                     
                    