काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । सुनचाँदी महासङ्घले गत साताको तुलनामा यो साताको शुक्रबारसम्मको अवधिमा ८०० रुपैयाँले सुनको मूल्य घटेको बताएका छन् । गत साता शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार ३०० रुपैयाँ थियो यो साताको शुक्रबारसम्म घटेर १ लाख १२ हजार ५०० रुपैयाँमा पुगेको हो ।
त्यस्तै यो साता तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । गत साताको शुक्रवारको तुलनामा २० रुपैयाँले बढेपछि यो साताको शुक्रवार १४ सय ५५ रुपैयाँ कायम भएको छ । गत साताको शुक्रवार चाँदीको मूल्य तोलामा १४ सय ३५ रुपैयाँ थियो ।