Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

५ प्रतिशत अझै विद्युत् पहुँचबाहिर


५ प्रतिशत अझै विद्युत् पहुँचबाहिर

काठमाडौं ।  कुल जनसंख्यामध्ये ५ प्रतिशत अझै विद्युत् पहुँचबाहिर रहेको छ । २०७९ फागुनसम्म ९५.० प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको आर्थिक सर्वेक्षणले देखाएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सर्वेक्षणअनुसार विद्युत् पहुँच विस्तार सुस्त देखिएको छ । 

२०७९ असारसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेकामा फागुनसम्म १ प्रतिशत विन्दु मात्रै वृद्धि भएको छ । यसैगरी प्रतिव्यक्ति विद्युत् खपत ३२५ किलोवाट घण्टाबाट ३५१ किलोवाट घण्टा पुगेको सर्वेक्षणमा उल्लेख छ । कुल जडित विद्युत् क्षमता २०७९ असारको तुलनामा २१.७ प्रतिशतले वृद्धि भई २ हजार ६६६ मेगावाट पुगेको सर्वेक्षणमा उल्लेख छ । २०७९ असारसम्म कुल जडित क्षमता २ हजार १९० मेगावाट रहेको थियो ।

जसमध्ये जलविद्युत् २ हजार ४४९ मेगावाट, सौर्य प्लान्टबाट ७५.०४ मेगावाट, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ मेगावाट र चिनी मिलबाट सह–उत्पादन प्रविधि मार्फत् ६ मेगावाट विद्युत् उत्पादन भएको सर्वेक्षणमा उल्लेख छ ।