Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा


कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा

काठमाडौं , १९ असार । विगत देखि सरकारले रोक्का आयात राष्ट्र बैंकले जारी गरेको कसिलो मौद्रिक नीतिका कारण अर्थतन्त्र शिथिल अवस्थामा पुगेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका छन् । विदेशी विनिमय सञ्चिति दबाबमा रहेको भन्दै सरकारले १० वटा वस्तुको आयातमा प्रतिबन्धलगाएको बेला कसिलो मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बजारमा कम मुद्रा आपूर्ति गरेकाले आन्तरिक अर्थतन्त्र मन्दीमा गएको आरोप अर्थमन्त्री महतले लगाएका हुन् ।

आगामी वर्षको बजेट वक्तव्य सम्बन्धमा छलफल गर्न मंगलबार संसदको अर्थ समितिले डाकेको बैठकमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । यद्यपि पछिल्ला महिनामा बाह्य सूचकहरुमा सुधार आइरहेकाले आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत देखिन थालेको उनको दाबी थियो । उनले भने, यही कारण तेस्रो अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले केही नीतिगत व्यवस्था पनि गरेको छ । आगामी मौद्रिक नीतिमार्फत पनि सुधारका थप काम गर्न राष्ट्र बैंकलाई भनिरहेका छौं।

लक्षित रुपमा राजस्व संकलन नहुँदा र चालू खर्च नियन्त्रण तथा पुँजीगत खर्च वृद्धि गर्न नसक्दा सरकारलाई स्रोत व्यवस्थापन गर्न समस्या परेको बताए । उनले भने, पेन्सन, सामाजिक सुरक्षा, निजामती ,शिक्षक सुरक्षाकर्मीरस्वास्थ्यकर्मीको तलब लगायतमा बर्सेनि दायित्व रकम बढ्दै गएकाले सोका लागि स्रोत व्यवस्थापन जटिल चुनौती रहेको छ । यद्यपि चालू खर्चमा मितव्ययिता कायम गर्न र पुँजीगच खर्चलाई पुनः प्राथमिकीकरण गरी बजेट कार्यान्वयन गरिएको दाबी उनले गरेका छन् ।