काठमाडौं, श्रावण २२ । नेपाली क्राइम थ्रिलर अदृश्यले घरेलु बक्स अफिसमा निकै कमजोर व्यापार गरेको छ। यो मल्टिस्टारर फिल्मको ग्रस कमाइ समेत शनिबारसम्म ५० हजार रुपैयाँ पनि पुगेको छैन् । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकअनुसार अदृश्यको कमाइ ४५ हजार रुपैयाँ ग्रस छ ।
प्रमोद अग्रहरि र रिस्ता बस्नेतको शीर्ष भूमिका रहेको यो फिल्म बालिका बलात्कारको घटनाको कथावस्तुमा आधारित छ । बोर्डको तथ्यांकअनुसार शनिबारसम्म सरोज खनाल निर्देशित फिल्म बगान’को कमाइ १ करोड ४३ लाख रुपैयाँ ग्रस छ । सरोजसहित करिश्मा मानन्धर लगायतको शीर्ष भूमिका रहेको फिल्म अहिले पनि केही हलमा चलिरहेको छ ।
पछिल्लो समय नेपाली बक्स अफिसमा नेपाली फिल्मको कमजोर कमाइ र विदेशी फिल्मको दबदबा कायमै छ । हलिउड फिल्महरु बार्बी र ओपेनहाइमरले नेपालमा उत्कृष्ट कमाइ गरेका छन् ।