Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

यशोदा फुड्स प्रालिको ग्लोबल कार्यकारी निर्देशकमा जीपी साह नियुक्त


यशोदा फुड्स प्रालिको ग्लोबल कार्यकारी निर्देशकमा जीपी साह नियुक्त

काठमाडौं । नेपालको खाद्य बजारमा दरिलो उपस्थिति जनाउन सफल खाद्य पदार्थ उत्पादक कम्पनी यशोदा फुड्स प्रालिले ग्लोबल कार्यकारी निर्देशकमा जीपी साहलाई नियुक्त गरेको छ । अन्तर्राष्ट्रिय बजारमा वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी परिमाणमा कारोबार गरिरहेको यशोदा फुड्सले भारत, क्यानडा, अमेरिका, बहराइन, कुवेत, यूएई, जापान, बेलायत, इटाली, मलेसिया, अस्ट्रेलिया, कोरिया, भुटान, हङकङ, कतार, सिंगापुर, न्युजिल्यान्ड लगायत देशमा आफ्ना उत्पादन निर्यात गर्दै आएको छ ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा यशोदा फुड्सले साहलाई ग्लोबल कार्यकारी निर्देशक नियुक्त गरेको घोषणा गरेको हो । कार्यक्रममा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेलले साहलाई खादा र फूलको गुच्छासहित ग्लोबल कार्यकारी निर्देशकका रूपमा स्वागत गरे । ग्लोबल कार्यकारी निर्देशकमा साहको नियुक्तिले यशोदा फुड्सको नयाँ र उत्साहजनक अध्याय सुरुवात भएको कम्पनीको भनाइ छ । उनको लामो अनुभव र रणनीतिक दृष्टिकोणका माध्यमबाट कम्पनीलाई नयाँ उचाइ प्रदान गर्ने यशोदा फुड्सले जनाउको छ ।


साहले ग्लोबल कार्यकारी निर्देशकको भूमिकामा नवीनतम योजनाहरू नेतृत्व गर्दै घरेलु तथा अन्तर्राष्ट्रिय बजारमा समेत कम्पनीको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ । नवनियुक्त ग्लोबल कार्यकारी निर्देशक साहले व्यवसायलाई नयाँ जीवन्तता प्रदान गर्ने, बजार वृद्धि, अन्तर्राष्ट्रिय बजार विस्तार, ब्रान्ड बिल्डिङ, व्यवसायको कार्यगत क्षमता विस्तार, संस्थागत विकास र टिम बिल्डिङका लागि काम गर्ने कम्पनीले जनाएको छ ।

यशोदा फुड्सका अनुसार रेभिन्युमा निरन्तर वार्षिक वृद्धि, नाफाका साथै इन्टरप्राइजको मूल्य अभिवृद्धिका लागि साहको प्रमाणित ट्रयाक रेकर्ड छ । त्यस्तै प्रडक्सन, इन्जिनियरिङ, प्रडक्ट डेभलपमेन्ट, अपरेसन, प्रोजेक्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिक्री, मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तार र ३५ भन्दा बढी देशमा मार्केटिङ तथा एडभरटाइजिङ लगायतमा पनि उनको अनुभव छ ।

साहले कन्जुमर गुड्स ब्रान्ड चाउचाउ, एक्स्क्रुडेड स्न्याक्स, पोट्याटो चिप्स, फ्राइड स्न्याक्स, वेफर्स, मसला, इन्स्ट्यान्ट पास्ता, सिगरेट, फलफूलजन्य पेय पदार्थ, इनर्जी ड्रिंक्स तथा बियर उत्पादनमा काम गरेका छन् ।