Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विदेशी लगानी भित्र्याउने मामिलामा ठूला देशलाई पछाडि पार्दै भारत अगाडि


विदेशी लगानी भित्र्याउने मामिलामा ठूला देशलाई पछाडि पार्दै भारत अगाडि

काठमाडौं । विश्वका सबैजसो ठूला देशलाई पछाडि पार्दै विदेशी लगानी भित्र्याउने मामिलामा भारत अगाडि पर्न सफल भएको छ ।

संयुक्त राष्ट्र संघको व्यापार र विकास सम्मेलनको पछिल्लो प्रतिवेदन सन् २०२२ मा भारतमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) १० प्रतिशतले बढेको हो ।

बुधवार जारी प्रतिवेदनअनुसार सन् २०२२ मा भारतले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) को मामिलामा सबै देशलाई पछाडि पारेको छ । देश विकासको बाटोमा तीव्र गतिमा अघि बढिरहेको भारतमा एफडीआई १० प्रतिशतले बढेर ४९ अर्ब डलर पुगेको छ । जब कि विकसित देशहरुमा एफडीआईको प्रवाह ३७ प्रतिशतले घटेको छ ।

सन् २०२२ मा सबैभन्दा बढी प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्राप्त गर्ने ५ देशमा चीन, हङकङ, सिंगापुर, भारत र संयुक्त अरब इमिरेट्स (यूएई) पर्छन् । गत वर्ष रुस–युक्रेन युद्धको प्रभाव, खाद्यवस्तुलगायत ऊर्जाको मूल्यमा भएको वृद्धि र सार्वजनिक ऋणमा भएको वृद्धिका कारण समग्र एफडीआई प्रवाहमा गिरावट धेरैजसो विकसित अर्थतन्त्रहरुमा देखिएको छ । जहाँ एक वर्षअघिको तुलनामा २०२२ मा एफडीआई ३७ प्रतिशतले घटेर ३७८ अर्ब डलरमा झरेको छ ।

प्रतिवेदनका अनुसार विदेशी लगानीमार्फत् अहिले भारत विश्वमा नयाँ परियोजना घोषणा गर्ने तेस्रो ठूलो र अन्तर्राष्ट्रिय परियोजना वित्तीय सम्झौताको हिसाबले दोस्रो ठूलो देश बनेको छ ।