Monday, July 28, 2025

२०८२ श्रावण १३, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इ—सेवा मनी ट्रान्सफर र नबिल बैंकबीच भुक्तानी सम्झौता


इ—सेवा मनी ट्रान्सफर र नबिल बैंकबीच भुक्तानी सम्झौता

काठमाडौं । इ–सेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिटेन्स भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न गरिएको छ। यस सम्झौता अन्तर्गत अब विदेशबाट इ–सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिटेन्स नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न मिल्ने भएको छ। यस सम्झौता बमोजिम अब विदेशमा रहेका नेपालीहरूले सोझै नबिल बैंकको खातामा पैसा पठाइ नगद भुक्तानी गर्न सक्ने छन्।

सम्झौता पत्रमा इ–सेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका हुन्। इ–सेवा मनी ट्रान्सफरले इ–सेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरूको साथै विभिन्न बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ।