काठमाडौं । बाक्लो हुस्सु र शितलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका ४ खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शितलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको हो ।
राति साढे एक बजेदेखि बाटो दुईतर्फी नै अवरुद्ध हुँदा दुई सय ५० भन्दा बढी सवारी साधन जाममा परेको प्रहरीले जनाएको छ । चिप्लो बाटोका कारण ठुला र मालवाहक सवारी साधान सञ्चालनमा निक्कै कठिनाई भएको प्रहरीले जनाएको छ ।

 
                             
                                     
	                                         
	                                         
	                                         
	                                         
	                                         
	                                         
                     
                     
                    .jpg) 
                     
                     
                     
                     
                    