Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त


नबिल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

काठमाडौँ । नबिल बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् । बुधबार बिहान बसेको बैंक सञ्चालक समिति बैठकले ज्ञवालीलाई कायममुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । बैंकका निवर्तमान सीईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले गत आइतबार राजीनामा दिएका थिए ।

दुई वर्षे कार्यकाल सकिन १४ महिना बाँकी रहँदै ढुंगानाले राजीनामा दिएका हुन् । त्यसपछि बैंक सञ्चालक समितिले कामु सीईओको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय गरेको हो । यसअघि ज्ञवाली वरिष्ठ प्रमुख कार्यकारी अधिकृत थिए । चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीले ०७७ साउनमा ज्योति विकास बैंकको सीईओबाट राजीनामा दिएर नबिल बैंकमा महाप्रबन्धक बनेका थिए । उनले नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, ज्योति विकास बैंकलगायत संस्थामा उच्च तहमा बसेको काम गरिसकेका छन् ।