Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अवैध लागूऔषध कारोबार गर्ने १२ जनालाई पक्राउ


अवैध लागूऔषध कारोबार गर्ने १२ जनालाई पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अवैध लागूऔषध कारोबार गर्ने ५ जना विदेशी नागरिक लगायत  १२ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं उपत्यकामा लागूऔषध अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीको टोलीले १० दिनको अविधमा  १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रहरीले जेठ २८ गते काठमाडौं महानगरपालिका ९ सिनामंगलस्थित सडक किनारबाट भारतको बिहार राज्य मथुरा ग्राम ठेगाना भएका २७ वर्षीय हेमन्त कुमार भगतलाई लागूऔषध खैरो हेरोइन १०० ग्राम सहित नियन्त्रणमा लिएको थियो ।भगतलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि आक्रमण गरी पेस्तोल खोस्ने प्रयास गरेपछि जवाफी कारबाहीमा परी उनलाई घुँडाभन्दा तल गोली लागेको थियो ।

उपचारको क्रममा रहेका उनीसँग सोधपुछ गर्दा भारतको बिहार राज्य सुपौला जिल्ला दौलतपुर घर भइ हाल सुनसरी धरान उपमहानगरपालिका –३ बस्ने ‍२८ वर्षीय रामभजन भन्ने सञ्जिव कुमारको समेत संलग्नता रहेको भन्ने खुल्न आएको र उनलाई सुनसरीबाट असार ६ गते पक्राउ गरिएको बताएका  छन । पत्रकार सम्मेलनमा बोल्दै लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रहरीले जेठ २९ गते साढे ५ बजे टर्किस एयरलाइन्सको उडानमा काठमाडौंबाट इस्तानबुल हुँदै स्टर्गट जर्मन जान लागेका जर्मन नागरिक पाउल ब्रेस्टले साथमा ल्याएको २ वटा सुटकेस जाँच्दा सुटकेसभित्र लागूऔषध चरेस ६ केजी ८६० ग्राम बरामद भएको र उनलाई पक्राउ गरिएको बताएका छन् ।

उनले जेठ ३० गते ललितपुर महानगरपालिका ११ बाट चितवनका २९ वर्षीय महेश चौधरीलाई लागूऔषध कोडिन १६ बोतल सहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपालिका १६ बाट चन्द्रागिरी नगरपालिका ८ का २९ वर्षीय सुगम मैनालीलाई एलएसडी स्टिकर ७ पिससहित पक्राउ गरेको, असार ५ गते काठमाडौं महानगरपालिका २९ बाट कामनपा १८ का २४ वर्षीय मुखिया गुरुङलाई अवैध लागूऔषध कोकिन ३ जिएम ७ सय एमजीसहित पक्राउ गरिएको र अनुसन्धानको सिलसिलामा उक्त कारोबारमा संलग्न मोरङका वर्ष २६ का बच्चन भन्ने राज गौतम र चेक रिपब्लिक देशका नागरिक ३२ वर्षीया मार्टिना सेर्नालाई एलएसडी स्टिकर २६ थान तथा मेथाम्फेटामाइन ४ सय एमजीसहित कास्कीस्थित पोखराको एक होटलबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाएको  उनले बताएका छन् ।

उनले असार ६ गते नेपाल प्रहरीले काठमाडौं महानगरपालिका १६ स्थित एक होटलबाट इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओलाई अवैध लागूऔषध चरेस ६ ग्रामसहित पक्राउ गरी थप अनुसन्धानको सिलसिलामा काठमाडौं महानगरपालिका २६ स्थित एक होटलबाट कोठा खानतलासी गर्दा एलएसडी स्टिकर १ हजार ९८ थान, मेथाम्फेटामाइन ३८ ग्राम, भारतीय रुपैयाँ १ लाख ३९ हजार, युरो, ७ सय, टर्किस रुपैयाँ ५३०, थाई भाट ५० सहित पक्राउ गरिएको बताए । त्यस्तै, प्रहरीले असार ७ गते कामनपा २६ बाट धादिङ रुबीभ्याली २ का ४२ वर्षीय दावा तामाङ र सोही स्थान वडा ४ का ३३ वर्षीय नरबहादुर तामाङलाई लागूऔषध २ ग्राम ४५० मिलिग्रामसहित पक्राउ गरिएको बताएका छन ।

असार ७ गते नै ३ बजेर ३५ मिनेटमा बजेको इन्डियन एयरलाइन्सको उडानमा काठमाडौंबाट दिल्ली हुँदै ओमानको मट जान लागेका जिल्ला झापा भद्रपुर नगरपालिका ४ का २५ वर्षीय सुमन लिम्बूलाई ४ केजी ७५० ग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको बताएका छन् । बरामद लागूऔषधको अवध बजार मूल्य २ करोड ३३ लाख १५ हजार २५० रहेको बताएका छन् ।