Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नजिकिदै अमेरिका—चीन


नजिकिदै अमेरिका—चीन

एजेन्सी । चीनले अमेरिकालाई आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न र अपराधीहरूको सुरक्षित आश्रयस्थलमा परिणत हुनबाट रोक्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा दुई चिनियाँ नागरिकलाई अमेरिकामा मङ्गलबार सजाय दिइएको र जबरजस्ती चीन फिर्ता पठाएको बारेका जिज्ञासा राख्दा उक्त टिप्पणी गरे । सीमापारि अपराधहरू विरुद्ध लड्न, भ्रष्ट भगौडाहरूलाई स्वदेश फिर्ता गर्ने र गैरकानुनी आम्दानीलाई नियन्त्रण गर्ने लगायतका विषय अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा मान्यता दिएको विषय हो र यो न्यायोचित पनि हो,’ माओले भने ।

विश्वका कुनै पनि देशसँग चीनको कानुन प्रवर्तन सहयोग अन्य देशको कानुन र न्यायिक सार्वभौमसत्ताको पूर्ण सम्मान गर्दै र अपराधी सन्दिग्ध व्यक्तिहरूको कानुनी अधिकार र हितको रक्षा गर्ने प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय कानुनको कडाइका साथ सञ्चालन गरिने पनि माओले प्रतिबद्धता व्यक्त गरे ।

‘सम्बन्धित कार्य पूर्णतया न्यायोचित छ । अर्कोतर्फ अमेरिकाले तथ्यहरूलाई बेवास्ता गर्ने गरेको छ, जानाजानी चीनको प्रयासलाई भयावह चीजको रूपमा विकृत गरेको छ र न्यायिक कारबाही पनि फरक ढङ्गले गरेको छ । चीन यसको कडा विरोध गर्दछ,’ माओले भने । उनले अमेरिकालाई आफ्नो गल्ती तुरुन्त सच्याउन, अन्तर्राष्ट्रिय सङ्गठित अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घ महासन्धि, भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसङ्घ महासन्धि र अन्य अन्तर्राष्ट्रिय सन्धिहरू अन्तर्गत आफ्नो दायित्व पूरा गर्न आग्रह गरेको छ साथै आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारी पूरा गर्न पनि उहाँले अमेरिकाको ध्यानाकर्षण गराए ।