Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आसार १ गतेदेखि सडक खन्न प्रतिबन्ध


आसार १ गतेदेखि सडक खन्न प्रतिबन्ध

काठमाडौं । चालू अर्थिक वर्ष सरकारले असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाएको छ । सडक विभागले  दिएको सूचना प्रकाशन गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो । वर्षायाममा अन्य संरचना समेत बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

असार १ गतेदेखि भदौ मसान्तसम्मको अवधिमा सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ र सडक डिभिजनहरू मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले बताएको छ । जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी सूचना दिइएको छ ।