Tuesday, October 28, 2025

२०८२ कार्तिक १२, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालकद्धारा कर छली, मुद्दा दायर


ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालकद्धारा कर छली, मुद्दा दायर

राजस्व अनुसन्धान विभागले काठमाडौंको बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालकलाई कर छली गरेको दाबी सहित मुद्दा चलाएको छ ।

सञ्चालक ध्रुव देवले १ अर्ब २१ करोड रुपैयाँ असुल उपर गर्नुपर्ने विभागको निष्कर्ष छ । राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान सम्पन्न गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवम् उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

ठेकापट्टा, कन्सल्टेन्सी सेवा तथा कन्स्ट्रक्सन सामान खरिद बिक्री कारोबार गर्ने कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवले वस्तु तथा सेवाको हस्तान्तरण नगरी बिलबिजक मात्र जारी गरेको, खरिद कारोबारको भुक्तानी बैंककमार्फत नगरेको तथा बिजक सिलसिलेवार जारी नगरेको देखिएको विभागको आरोप छ ।

यस्तै मूल्य अभिवृद्धि कर विवरण र आय विवरण दाखिला नगरेको, मूल्य अभिवृद्धि कर तथा आयकरतर्फ झुट्टा विवरण पेश गरेको, मालसामान खरिदको स्रोत पुष्टि नभएको तथा नेपाल सरकारलाई नियमानुसार तिर्नु बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर तथा आयकरलगायतका राजस्व नतिरेको विभागको आरोप छ ।