Sunday, June 08, 2025

२०८२ जेष्ठ २६, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देशभर मौसममा आंशिक बदली


देशभर मौसममा आंशिक बदली

काठमाडौं । आज पनि देशभर मौसममा आंशिक बदली भएको छ । सुदूरपश्चिम प्रदेशका एक—दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू—भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । तराईका केही भू-भागमा हुस्सुरकुहिरो लागेको छ । अन्य भू-भागमा भने मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।