Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

स्मार्टफोनको माग बढ्यो, वर्षभरिमा १४ लाखभन्दा बढी आयात


स्मार्टफोनको माग बढ्यो, वर्षभरिमा १४ लाखभन्दा बढी आयात

काठमाडौं । पछिल्लो समय नेपालमा महँगा मूल्यदरका स्मार्टफोनको प्रयोग वृद्धि भईरहेको छ । यसको माग र प्रयोग उच्च दरमा नै बढ्न थालेको हो ।

गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महँगा फोनको आयात बढेको मोबाइल फोन आयातकर्ता संघले जनाएको छ ।

१ वर्षभित्र नै १४ लाख बढी स्मार्टफोन आयात भएका छन् । यसले स्मार्टफोन आयातमा २८ गुणाले वृद्धि भएको हो । भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्मको तथ्याङ्क अनुसार १४ लाख २७ हजार ३८१ वटा स्मार्टफोन आयात भएको जनाएको छ । गत आवको समिक्षा अवधिमा भने ८२ करोड ७० लाख रुपैयाँ बराबरको आयात भएको थियो । सो अवधिमा ५० हजार ९५४चतउजयलभ वटा मात्रै स्मार्टफोन आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा सामसुङ, साओमी, नोकिया, भिभो, ओप्पो, हुवेई, लाभा, नोकिया ब्राण्डका स्मार्टफोन प्रयोगकर्ता सबैभन्दा बढी छन् । नेपालमा विश्वका ६ दर्जन मुलुकहरुबाट स्मार्टफोन आउने गरेको छ । सबैभन्दा बढी चाइनीज फोन नै प्रयोग हुने गरेको छ । नेपालले सबैभन्दा धेरै स्मार्टफोन चीन र भारतबाट आयात गर्दछ । चालु आवको ११ महिनामा चीनबाट मात्रै १३ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ बराबरको ९ लाख ४४ हजार ४९२ वटा स्मार्टफोन आयात भएको छ । दोस्रो स्थानमा रहेको भारतबाट भने ७ अर्ब १४ करोड ८६ लाख रुपैयाँ बराबरको स्मार्टफोन नेपालले आयात गरेको छ । चालु आवको जेठ मसान्तसम्ममा भारतबाट ४ लाख ६२ हजार ७४१ वटा फोन आयात भएको हो ।