Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

देशभर सामान्यदेखि पूर्ण बदली, लगातार बर्षा


देशभर सामान्यदेखि पूर्ण बदली, लगातार बर्षा

काठमाडौं,२७ असार । आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । हाल देशमा मनसुनी वायुको प्रभावका कारण देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदरभन्दा उत्तरतर्फ नेपाल नजिक अवस्थित छ । महाशाखाले हाल कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

साथै कोशी तथा मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केशी स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन—चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको हुनाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।