Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

वाग्मती प्रदेश सरकारद्धारा आर्थिक वर्षको अन्तिममा कृषकलाई ५४ लाख ६१ हजार क्षतिपूर्ति वितरण


वाग्मती प्रदेश सरकारद्धारा आर्थिक वर्षको अन्तिममा कृषकलाई ५४ लाख ६१ हजार क्षतिपूर्ति वितरण

काठमाडौं, ५ असार । वाग्मती प्रदेश सरकारले प्राकृतिक र गैरप्राकृतिक विपद्‌बाट असर परेका कृषकलाई ५४ लाख ६१ हजार रुपैयाँ क्षतिपूर्ति तथा राहत रकम वितरण गरेको छ । कृषि क्षेत्रमा विपद्‌बाट क्षति पुगेका किसानका लागि प्रदेश स्थापना गरेको कोषबाट पहिलो चरणमा काभ्रे जिल्लाका आठवटा फर्मलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उक्त रकम उपलब्ध गराएको   हो । कोषमा चालु आवमा तीन करोड रुपैयाँ रहेको छ । सरकारले आगामी आव २०८०र०८१ मा ५ करोड रुपैयाँ कोषका लागि विनियोजन गरेको छ ।

मन्त्रालयले वीमा नगरी कृषि कार्यमा संलग्न रहेका किसानहरु उत्पादनमा पुगेको क्षतिलाई न्यूनीकरणमा सहयोग गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा प्राप्त निवेदनको आधारमा उक्त रकम वितरण गरेको हो । मन्त्रालयमा हालसम्म ४० वटा फर्मले क्षतिपूर्तिका लागि निवेदन दिएको र पहिलो चरणमा टिम भिजन एग्रिकल्चर फर्म पनौती–५, श्रेष्ठ बंगुर फर्म पनौती–१०, उन्नती हाम्रो बंगर फर्म पनौती–१०, एसएस बंगुर माछा तथा कृषि फर्म बनेपा–७ लाई दसरदस लाख रुपैयाँ राहत रकम उपलब्ध गराएको हो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा.राजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा बसेको राहत व्यवस्थापन तथा निर्देशन समितिले नोबेल कृषि फर्म धुलिखेललाई ५ लाख ७० हजार, हाम्रो माझीफेदा पशुपालन तथा कृषि फर्म चौरीदेउराली–३, काभ्रेलाई ३६ हजार, दाजुभाइ एकीकृत बहुउद्देश्यीय कृषि फर्म पनौती–९ लाई ३५ हजार, गैरीगाउँ कृषि तथा पुशपन्छी फर्म पनौती–५ लाई ८२ हजार प्रदान गर्ने निर्णय गरेको छ ।