Thursday, May 29, 2025

२०८२ जेष्ठ १६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र गभर्नरबिच मौद्रिक नीतिबारे छलफल


राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र गभर्नरबिच मौद्रिक नीतिबारे छलफल

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेल बिच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित योजना आयोगमा भएको भेटमा उनीहरूबिच वित्त नीति र मौद्रिक नीतिको अन्तरसम्बन्ध र स्वतन्त्रताबारेमा छलफल भएको हो ।

उनीहरूबिच उक्त दुई नीतिहरू सँगसँगै कार्यान्वयनमा लैजाने नीति कार्यान्वयनमा एक अर्कामा सहजीकरण गर्ने बारेमा समेत छलफल भएको छ । अर्थतन्त्रलाई कोभिड १९ पूर्वको अवस्थामा लैजाने र योजनाले लक्षित गरे अनुरूपको उच्च दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्ने लगायतका विषयमा समेत छलफल भएको छ ।

छलफलका क्रममा आयोगका उपाध्यक्ष अधिकारीले वित्तीय हस्तान्तरण, आयोजनाको पुनः प्रथामिकिकरण, आयोजना बैंकको प्रभावकारी कार्यान्वयन तथा मध्यम कालिन खर्च संरचना लगायतका विषयमा राष्ट्रिय योजना आयोगबाट भए गरेका सुधारका कार्यको बारेमा जानकारी गराए ।


यसैगरि राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पूर्वाधार विकासमा निजी क्षेत्रलाई आकर्षण गर्दै लगानीको वातावरण सिर्जना गर्न राष्ट्र बैंकले त्यस सम्बन्धमा सहजीकरण गर्ने बताए । यस्ता विषयहरूमा समय–समयमा थप छलफल गर्ने समेत उनले बताएका छन् ।