Friday, July 04, 2025

२०८२ असार २०, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पेसी


पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्चमा पेसी

काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइका लागि पेसी तोकिएको    छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । पूर्वमन्त्री न्यौपानेलाई यसअघि विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा फैसला गर्दै अख्तियारले न्यौपानेलाई ९ वर्ष कैद, दुई करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ जरिबाना, सोही रकम बराबरको बिगो असुल हुने फैसला गरेको थियो ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा न्यौपानेले भृकुटीमण्डपस्थित फन पार्क सञ्चालनका लागि सस्तो दरमा भाडामा दिएर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।

न्यौपानेसँगै कांग्रेसका पूर्वमन्त्री टेकबहादुर गुरुङ, समाज कल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जबिहारीप्रसाद चौधरी लगायतविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विशेष अदालतको फैसलामा चित्त नबुझाइ दुवै पक्ष सर्वोच्च अदालतमा पुनरावेदन लिएर गएका हुन् । यो मुद्दामा सर्वोच्च अदालतले पहिलो पटक सुनुवाइ गर्दैछ ।