Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

विराटनगर महानगरपालिकाद्धारा ३ अर्ब २८ करोडको बजेट विनियोजन


विराटनगर महानगरपालिकाद्धारा ३ अर्ब २८ करोडको बजेट विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०,८१ का लागि ३ अर्ब २८ करोड ५० लाख विराटनगर महानगरपालिकाले  बजेट सार्वजनिक गरेको छ । महानगरको १२ औं नगरसभामा आइतबार उपप्रमुख शिल्पा कार्कीले आन्तरिक आम्दानीबाट प्रशासनिक खर्च समेत धान्न नसकेर राजश्व बाँडफाँटको रकम प्रशासनिक खर्च गर्दै आएको महानगरका लागि आगामी वर्षका लागि उक्त अनुमानि आयव्यय सार्वजनिक गरिन ।

प्रस्तुत बजेटमध्ये प्रशासनिक खर्चतर्फ ६८ करोड, पूर्वाधार विकास क्षेत्रमा १ अर्ब ६५ करोड, ५५ लाख ७५ हजार, आर्थिक विकास क्षेत्रमा ३ करोड ९६ लाख ८१ हजार, सामाजिक विकास क्षेत्रमा ८५ करोड २० लाख ४४ हजार, स्वास्थ्यतर्फ १३ करोड ६७ लाख र शिक्षा क्षेत्रमा ६७ करोड ९४ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड ५ लाख र वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा २ करोड ७२ लाख रुपैयाँ अनुमानित खर्च हुने कार्कीको प्रक्षेपण थियो ।सार्वजनिक बजेट चालु वर्षको तुलनामा ४८ करोड २५ लाखले न्यून हो ।

महानगरले चालु वर्षका लागि ३ अर्ब ७३ करोड ७५ लाख अनुमानित बजेट घोषणा गर्दै संशोधन गरेर ४ अर्ब १७ करोड ९ लाख पुर्‍याएको थियो ।आगामी वर्षका लागि प्रस्तुत अनुमानित बजेटको स्रोत व्यवस्थापनमध्ये संघीय सरकार अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट १ अर्ब १९ करोड २४ लाख, प्रदेश सरकारबाट ४ करोड ५१ लाख ६३ हजार, राजश्व बाँडफाँडबाट ८० करोड २४ लाख ३७ हजार, आन्तरिक आयबाट ९९ करोड ५० लाख, जनसहभागितााबट १० करोड, आन्तरिक ऋणबाट १० करोड, संघ सस्थााबट ३ करोड र नगद मौज्जादबाट २ करोड आय हुने अपेक्षा गरिएको कार्कीले बताइन् ।

चालु वर्ष घोषणा गरिएको ३ अर्ब ७३ करोड ७५ लाख बजेटलाई संशोधन गरेर ४ अर्ब १७ करोड ९ लाख ९८ हजार अनुमान गरिँदा यथार्थ आय २ अर्ब ८६ करोड ८३ लाख ८० हजार ४१ पैसा मात्र भएर २ अर्ब २४ करोड ८२ लाख २९ हजार ६७ रुपैयाँ मात्र खर्च भएको उपप्रमुख कार्कीले सार्वजनिक गरिन् । उनका अनुसार चालू वर्ष पुँजीगत खर्चतर्फ कुल व्यय २ अर्ब २७ करोड ७८ लाख २८ हजार ९ सय रुपैयाँ अनुमान गरिएकोमा ९० करोड १९ लाख ६ हजार ६ सय ७८ रुपैयाँ मात्र खर्च भएको छ । त्यसैगरी चालू खर्चतर्फ १ अर्ब ८४ करोड ३१ लाख ६९ हजार खर्च हुने अनुमान गर्दा १ अर्ब २९ करोड ८९ लाख ४० हजार ७ सय २२ रुपैयाँ खर्च भएको कार्कीले बताएकी छन् ।